काठमाडौं । पुष २७ गते
कोभिड–१९ संक्रमण तीव्ररुपमा फैलिएपछि दिल्लीको विपद् व्यवस्थापन प्राधिकरणले भारतको दिल्लीमा सबै निजी कार्यालयहरु बन्द गर्न आदेश जारी गरेको हाल निजी कार्यालयहरू ५० प्रतिशत क्षमतामा चलिरहेका छन् । ५० प्रतिशत कर्मचारी घरबाटै काम गरिरहेका थिए।कार्यालयहरूमा ५० प्रतिशत मात्र कर्मचारीको उपस्थिति रहेको छ। आदेशअनुसार दिल्लीमा सबै रेष्टुरेन्ट तथा बार बन्द गरिएको छ।
अब रेस्टुरेन्टबाट खानेकुरा होम डेलिभरी र टेकअवेको सुविधामार्फत हुनेछ। अहिलेसम्म रेस्टुरेन्ट र बारहरू पनि ५० प्रतिशत क्षमतामा खुलाइएका थिए। दिल्लीमा कोभिड संक्रमणको रोकथामका लागि पहिले नै धेरै कडाई गरिदै आएको थियो। त्यसमा रात्रिकालीन कर्फ्यूपछि सप्ताहन्तमा कर्फ्यू पनि लगाइएको थियो ।