×

Nepali Community

बम विष्फोटमा परी पुर्वी अफगानिस्तानमा ९ जना बालबालिकाको मृत्यु


काठमाडौं । पुष २७ गते
सोमबार पूर्वी अफगानिस्तानमा भएको बम विष्फोटमा परी ९ जना बालबालिकाको मृत्यु भएको छ । पाकिस्तानको सीमा नजिकै भएको सो विष्फोटमा परी थप ४ जना घाइते भएका छन् ।खाद्यान्न विक्री गर्ने गाडा विष्फोट नभएको एउटा मोटर कार्टसँग ठोक्कि‌दा विष्फोट भएको तालिवानले नियुक्त गरेका गभर्नरले जानकारी दिएका छन् ।

घटना पूर्वी नानगाहार प्रान्त नजिकैको लालोपार जिल्लामा भएको हो ।विष्फोटको जिम्ममेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन । विष्फोट भएको क्षेत्र अफगानिस्तानमा सक्रिय आतंकवादी समूह आइएसकेको पकड क्षेत्र रहेको छ ।आइएसकेले गत वर्ष १३ अमेरिकी सेना र १ सय ७० जना अफगानी नागरिकको कावुल विमानस्थलमा वम विष्फोट गराएर हत्या गरेको थियो ।।


More

View All

News

Health

Sports