×

Nepali Community

राष्ट्रियता सुदृढ राखेर समग्र राष्ट्रलाई सिंगार्नुपर्ने आजको आकांक्षा र आवश्यकता रहेको छ –पूर्वराजा ज्ञानेन्द्र शाह


काठमाडौं । पुष २७ गते
नेपाल (विदेशी) को खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले बताउनु भएको छ । आज ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा मंगलबार शुभकामना दिँदै पूर्वराजा शाहले पृथ्वीनारायण शाहले गरेको एकताको महत्व र वडामहाराजाधिराजका योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको दाबी गर्नु भएको छ । उहाँले राष्ट्रियताका आधारहरु माथी प्रहार भई देशको अस्तित्व समेत संकटमा पारेको यस स्थितिमा एकताको महत्व र वडामहाराजाधिराजका योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको महशुस गरेको बताउनु भएको छ ।

उहाँले राष्ट्रनिर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको सम्वेदनशिलतालाई सदैव आत्मसाथ गरिरहनु पर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण यतिबेला हामी असन्तुलनको परिणाम व्यहोरि रहेको जिकि। गर्नु भएको छ । पूर्वराजा शाहले शुभकामना सन्देशमा देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखे उल्लेख गरिएको छ ।

जन इच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र, जेसुकै चयन गरियून, यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण नगरे निरर्थक साबित हुने उहाँको भनाई छ। शाहले राष्ट्रियता सुदृढ राखेर समग्र राष्ट्रलाई सिंगार्नुपर्ने आजको आकांक्षा र आवश्यकता रहेको बताउनु भएको ।


More

View All

News

Health

Sports