×

Nepali Community

कम्युनिस्ट पार्टीको खोल ओड्नेहरूले एमालेको सरकार ढाल्ने काम गरे –अध्यक्ष ओली


काठमाडौं । पुष २७ गते
कम्युनिस्ट पार्टीको खोल ओढेर केही व्यक्तिले एमालेको सरकार ढाल्ने काम भएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ । नेकपा एमाले संखुवासभामा आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले कम्युनिस्ट पार्टीको खोल ओड्नेहरूले सरकार ढाल्ने काम गरेको बताउनु भएको हो । वामपन्थीको खोल ओढ्ने दक्षिणपन्थीहरूले सरकार गिराउने काम गरेको उहाँको भनाइ थियो ।

\एमालेले देशमा ल्याएको विकासको लहर देख्न नचाहनेहरूले आफू नेतृत्वको सरकार ढालेको उहाँले आरोप लगाउनु भएको थियो । फागुनमा स्थानीय तहको चुनाव गरिसक्नु पर्ने भए पनि अहिलेको सरकारले चुनाव गर्ने कुनै सम्भावना नभएको उहाँले दाबी गर्नु भएको थियो । अहिलेको सरकार सुशासनभन्दा लुटतन्त्रमा लागेको उहाँले बताउनु भएको थियो । अहिलेको सरकार स्थानीय तहलाई प्रतिनिधिविहीन बनाएर कर्मचारीलाई जिम्मा लगाउने षड्यन्त्रतर्फ लागेको ओलीको आरोप छ ।

गठबन्धनको सरकारले २०५९ सालमा जस्तै जनप्रतिनिधि विहीन बनाउन लागेको उहाँले आरोप लगाउनु भएको थियो । फागुनमा स्थानीय तह निर्वाचन गर्नुपर्ने भए पनि सरकारले कुनै तयारी नगरेको उहाँले बताउनु भएको थियो । ओलीले देश विकाशको अभिभारा एमालेको काँधमा आएको उललेख गर्नु भएको थियो । वामपन्थी भन्ने माधव नेपाल र पुष्पकमल दाहाल ९प्रचण्ड०हरू प्रतिक्रियावादीको खेमामा पुगेको आरोप लगाउनु भएको थियो ।


More

View All

News

Health

Sports