काठमाडौं । पुष २७ गते
आज प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा चार खेलहरु हुँदैछन् ।प्रतियोगिता अन्तर्गत मंगलबार टियु क्रिकेट मैदानमा दुई र मुलपानी क्रिकेट मैदानमा दुई खेल हुने छन् ।टियु मैदानमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै टिम लगातार दोस्रो जितको खोजीमा रहेका छन् ।
टियुमा हुने दोस्रो खेलमा बागमती प्रदेश र एपीएफ क्लबबीच खेल हुनेछ । दुबै टोली दोस्रो जितको खोजीमा हुनेछ।बागमतीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई हराएको थियो । एपीएफले प्रदेश९२ लाई पराजित गरेको थियो ।मुलपानीमा हुने पहिलो खेलमा प्रदेश९१ र कर्णाली प्रदेशबीच खेल हुनेछ । दोस्रो खेलमा प्रदेश २ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।तियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।