×

Nepali Community

सरकारले कोरोना भाइरस संक्रमण बढेपछि १५ दिन विद्यालय बन्द गर्दै


काठमाडौं । पुष २६ गते
सरकारले कोरोना भाइरस संक्रमण बढेपछि १५ दिन विद्यालय बिदा गर्ने भएको छ।सिसीएमसीको आइतबार बसेको बैठकले १५ दिन विद्यालय बिदा दिन सिफारिस गरेको थियो।सिसीएमसीको उक्त सिफारिसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा लैजाने भएको छ।

मन्त्रालयले सचिवस्तरको बैठक गरेर सिसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। सिसीएमसीले गरेको सिफारिसलाई कार्यान्वयनमा लैजाने र आज मन्त्रालयबाट सूचना जारी गर्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनु भएको छ । वार्षिक बिदामा मिलान हुने गरी अहिलेलाई १५ दिन विद्यालय बन्द गर्न लागिएको छ।


More

View All

News

Health

Sports