×

Nepali Community

देशका औद्योगिक क्षेत्रहरूको पछिल्लो अवस्था बारे संघीय मन्त्रालयहरूलाई कुनै ज्ञान नै नभएको मुख्यमन्त्री पाण्डेको जिकिर


काठमाडौं । पुष २६ गते
देशका औद्योगिक क्षेत्रहरूको पछिल्लो अवस्था बारे संघीय मन्त्रालयहरूलाई कुनै ज्ञान नै नभएको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताएका छन् ।हेटौँडामा आयोजित उद्योग संघ मकवानपुरको २० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश भित्रका ४ वटा औद्योगिक क्षेत्रको पछिल्लो अवस्था बारे संघीय मन्त्रालय नै अनविज्ञ रहेको बताएका हुन् ।

उनले ती औद्योगिक क्षेत्रको अवस्था सुधार गर्ने काम संघीय मन्त्रालयको प्राथमिकतामा समेत नपरेको बताए । उनले ती औद्योगिक क्षेत्रको संरक्षण नहुँदा औद्योगिक क्षेत्रका जमिनहरू जङ्गलमा परिणत भएका छन् भने त्यसको अवस्था बुवा आमा नभएका टुहुरा सन्तानको जस्तो रहेको बताए ।


More

View All

News

Health

Sports