काठमाडौं । पुष २६ गते
नेकपा (एमाले) जिल्ला कमिटी कैलालीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।धनगढीस्थित ऋद्धिसिद्धी पार्टी प्यालेसमा मतदान जारी छ । दिउँसो १ बजेसम्म मतदान चल्ने निर्वाचन समितिले जानकारी दिएको छ ।जारी मतदानमा ६०६ जना प्रतिनिधिले मतदान गर्नेछन् । अध्यक्षका लागि निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुुनावी मैदानमा छन् ।
त्यस्तै एमाले जिल्ला अधिवेशनको नतिजा आउने क्रम जारी रहेको छ। पुस २३ गते सुरु भएको जिल्ला अधिवेशन अन्तर्गत विभिन्न जिल्लामा नेतृत्व चयन भइरहेको छ।अधिकाशं स्थानमा अहिलेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ भने कतिपय स्थानमा प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन भएको छ।
सोमबार पनि कतिपय जिल्लाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रतिस्पर्धा भइरहेको छ।देशका ६३ जिल्लामा शुक्रबारबाट सुरु भएको अधिवेशनमध्ये अहिलेसम्म परिणाम आएका अधिकांश जिल्लामा सहमतिमा नै नेतृत्व चयन भएको छ।नेकपा एमालेका अनुसार अध्यक्ष चयनका भएका कतिपय जिल्लामा अन्य पदमा चुनावी प्रतिस्पर्धासमेत भइरहेको छ। स्वस्थ्य प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन गर्न भनेपनि कतिपय ठाउँमा प्यानल नै बनाएर निर्वाचन भइरहेको छ।