×

Nepali Community

आजदेखि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शुरु हुदै


काठमाडौं । पुष २६ गते
आजदेखि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शुरु हुदैछ। प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। आजै हुने अर्को खेलमा एपीएफ प्रदेश–२ भिड्दैछन्। टि–ट्वान्टी फम्यार्टमा हुने प्रतियोगितामा १० टिम सहभागी छन्।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ रहेका छन्। यस्तै समूह ‘बी’मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन्। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।


More

View All

News

Health

Sports