×

Nepali Community

विद्यालय बन्द गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय भएको छैन –शिक्षा मन्त्रालय


काठमाडौं । पुष २६ गते
शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको जनाएको छ । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरे पनि शिक्षा मन्त्रालयले भने विद्यालय बन्द गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

सीसीएमसी व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै कम्तीमा पनि माघ १५ गतेसम्म देशभरीका सबै विद्यालयमा बिदा दिनुपर्ने निर्णय गरेको थियो। सीसीएमसीले कम्तिमा पनि १५ दिन विद्यालय बन्द गर्न सिफारिस गरे पनि अहिलेसम्म यस विषयमा कुनै निर्णय नभएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ।


More

View All

News

Health

Sports