×

Nepali Community

वीरगञ्जबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, ९ जना घाईते


काठमाडौं । पुष २६ गते
दाङमा बस दुर्घटना भएको छ । आज बिहान वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस दाङको राप्ती गाउँपालिका–५ दोलही खोला नजिक दुर्घटना भएको छ ।उक्त दुर्घटनामा परि ९ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।

बसमा २० यात्रु सवार थिए । घाइतेको लमहीमा प्राथमिक उपचारपछि नेपालगञ्ज पठाइएको छ । तीव्र गतिका कारण अनियन्त्रित भएर बस दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

 


More

View All

News

Health

Sports