×

Nepali Community

अमेरिकाको न्युयोर्कमा आगलागी हुँदा १९ जनाको मृत्यु ,दर्जनौं घाइते


काठमाडौं । पुष २६ गते
एउटा अपार्टमेन्टमा आगलागी हुँदा अमेरिकाको न्युयोर्कमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ बालबालिका छन् । आगलागीमा दर्जनौं घाइते भएका छन् । आइतबारको आगलागीलाई अमेरिकी आगलागीको इतिहासमै खराब मानिएको छ । १९ तले सो भवनको दोस्रो तलाबाट आगो लागेको हो ।

आगलागीमा कम्तिमा ६३ जना घाइते भएका छन् ।आगलागीपछि २०० जना अग्नि नियन्त्रकहरू आगो निभाउन खटिएका थिए । आगो लागेपछि भवनभित्र फसेका मानिसहरु चित्कारले नजिकको वातावरण भयभित भएको थियो । आगलागीको कारण खुलेको छैन् । सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले आगलागीबारे अनुसन्धान गरिरहेको छ ।

 


More

View All

News

Health

Sports