×

Nepali Community

इटालियन सिरी ए फुटबलमा भेनेजियामाथि एसी मिलानको जित


काठमाडौं । पुष २६ गते
भेनेजियालाई हराउँदै एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा भेनेजियालाई ३–० ले हराउँदै मिलान शीर्ष स्थानमा उक्लिएको हो ।खेलको दोस्रो मिनेटमा ज्लाटन इब्राहिमोबीचले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको ४८ औं मिनेटमा थियो हर्नान्डेजले गोल गर्दै मिलानलाई २–० को अग्रता दिलाएका थिए ।

५८ औं मिनेटमा माइकल स्भोबोडाले रातो कार्ड पाएपछि भेनेजिया १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलको ५९ औं मिनेटमा हर्नान्डेजले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ३–० को जित दिलाएका थिए ।जितसँगै शीर्ष स्थानमा उक्लिएको मिलानले २१ खेलमा ४८ अंक जोडेको छ भने भेनेजिया १७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।


More

View All

News

Health

Sports