×

Nepali Community

कस्तो रहला तपाईको दिन ?


काठमाडौं । पुष २६ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेको छ भनेनसोचेको ठाउँबाट धनागम हुने तथा मनोरञ्जनमा सहभागिता भइनुका साथै आर्थिक कारोबारमा सफलता पाइएला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज सहकर्मीबाट विरोध आउनुका साथै गलत निर्णय लिन पुगिने तथा यात्रामा मालसामान हराउन सक्ने र चोटपटकको भय छ, सचेत रहनुहोला ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज राजनीतिक कार्यमा ख्याति कमाउने योग रहेको छ भने सन्तान सुख मिल्नुका साथै व्यापार व्यवसायमा वृद्धि हुने तथा आम्दानीका स्रोत पनि बढ्नेछन् ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज घुमफिरमा रुचि बढ्ने योग रहेको छ भने वैदेशिक कार्य अघि बढ्ने तथा घरजग्गाको कारोबारमा सफलता मिल्नेछ, तर स्वास्थ्यको भने ख्याल राख्नु पर्छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज पुँजी बजारंबाट लाभ हुणे र कुनै कुराले मन प्रसन्न रहने योग रहेको छ भने नयाँनयाँ व्यक्तिसँग भेटघाट हुने तथा छोटो दुरीको लाभदायक यात्रा पनि रहला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आफ्नो विचार विपरित निर्णय हुने तथा गरेका काममा ढिलासुस्ती हुने योग रहेको छ भने साझेदारीको काममा उल्झन आउने र प्रेममा दूरी समेत आउन सक्छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज विपरीत वर्ग प्रति आकर्षण बढ्ने योग रहेको छ भने सामाजिक कार्यमा सफलता मिल्नुका साथै देशिक क्षेत्रको काम अघि बढ्ने र सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्य मिल्नुका साथै लगनशीलताले कामहरू अगाडि बढ्ने योग रहेको छ भने साथीभाइसँग समय पनि बित्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज कुनै न कुनै कुराले मनमा शान्ति मिल्ने योग रहेको छ भने समाजसेवामा मन लाग्नुका साथै वित्तिय संस्थाबाट सहयोग पाइने तथा शत्रुहरू पनि पराजित हुनेछन् ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने योग रहेको छ भने महिला वर्गबाट विशेष सहयोग मिल्ने तथा शिक्षामा सफलता मिल्नुका साथै महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला, तर स्वास्थ्यको ख्याल राख्नु पर्छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने योग रहेको छ भने रोकिएको धन हात पर्ने तथा धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।


More

View All

News

Health

Sports