×

Nepali Community

कोभिड–१९ विरुद्धको लडाइमा अर्थतन्त्रमा प्रभाव नपर्ने गरी नीति लिनुपर्ने अर्थ सचिव मरासिनीको जिकिर


काठमाडौं । पुष २५ गते
कोभिड–१९ विरुद्धको लडाइमा अर्थतन्त्रमा प्रभाव नपर्ने गरी नीति लिनुपर्ने अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताएका छन् ।आजसार्वजनिक लेखा समितिमा बोल्दै सचिव मरासिनीले अर्थतन्त्र मुलुकको लाइफलाइन भएको भन्दै यसलाई सकेसम्म कम प्रभावित हुने गरी नीति लिनुपर्ने बताए । यसो गर्न सकिए चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुनसक्ने उनको भनाइ छ ।

पुस महिना लागेपछि पुँजीगत खर्चले गति लिन थालेको भन्दै उनले माघमा यस्तो खर्च अझै बढ्ने बताए । अर्थतन्त्र धरापमा नपरोस् भन्नेमा सरकार सचेत रहेको भन्दै उनले समस्या हल हुने गरी नीतिहरु लिइरहेको बताए ।पछिल्लो नीतिका कारण चाँदी आयात कम भएको जानकारी गराउँदै उनले सुन ल्याउन विमानस्थलमा कडाइ गरिएको जानकारी पनि दिए । यही कडाइका कारण कर नतिरी आएको १५५ किलो सुन विमानस्थलबाट जफत भएको छ ।


More

View All

News

Health

Sports