×

Nepali Community

राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने सभामुख सापकोटाको भनाई


काठमाडौं । पुष २५ गते
राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने सभामुख अग्निप्रसाद सापकोटाको भनाई छ । सभामुख सापकोटाले शनिबार बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने उल्लेख गर्नु भएको थियो ।

 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । कार्यक्रमका सहभागीले बक्ताले महिलाद्वारा सञ्चालित सो सहकारी जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना गर्नुभएको थियो ।


More

View All

News

Health

Sports