×

Nepali Community

भूमिहीनको समस्या गैरराजनीतिक हिसावले समाधान खोज्नु पर्छ –भूमिमन्त्री शशी श्रेष्ठ


काठमाडौं । पुष २५ गते
भूमिहीनको समस्या गैरराजनीतिक हिसावले समाधान खोज्नु पर्ने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बताउनु भएको छ । राष्ट्रिय भूमि आयोगले शनिबार काठमाडौँमा आयोजना गरेको भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा वितरण र अव्यवस्थित बसोवासको व्यवस्थापन गर्ने सम्बन्धमा राष्ट्रिय भूमि आयोग र स्थानीय तहबीच कार्य सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा मन्त्री श्रेष्ठले भूमिलाई समुचित ढंगबाट व्यवस्थापन गर्दै आयोगको कार्यविधि अनुसार अगाडि बढ्ने बताउनु भएको हो ।

उहाँले भूमिहीन दलित, वास्तविक सुकुम्बासी कोही पनि भूमि पाउनबाट बन्चित हुन नहुनेमा जोड दिँदै पार्टी र भोटरका नाममा कसैलाई पनि भेदभाव नगरी काम गर्न स्थानीय तहका प्रमुख र राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरुलाई आग्रह गर्नु भएको छ ।


More

View All

News

Health

Sports