काठमाडौं । पुष २५ गते
भारी हिमपातका कारण गाडी फस्दा पाकिस्तानको पञ्जाब प्रान्तको मुर्रीमा कम्तीमा २१ जनाको ज्यान गएको छ ।हिउँमा फसेको गाडीमा रहेका पर्यटकको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।चर्चित पर्यटकीय क्षेत्रमा हिमपात भएपछि एक हजार भन्दा बढी गाडी फसेका थिए ।
हिमपात अवलोकनका लागि गएका पर्यटकहरु फसेका हुन् ।एक प्रहरीकी श्रीमती तथा ६ बालबच्चा गरी एकै परिवारका ८ जना तथा अर्को परिवारका पाँचजनाको मृत्यु भएको छ ।सेनाले हिउँ हटाएर अझै पनि फसिरहेकाहरुको उद्धारको प्रयास गरेका छन् । मौसम विभागले जनवरी ५ मा मुर्रीमा भारी वर्षा हुने बताएको थियो । तर पनि पर्यटकहरु सो क्षेत्रमा गएका हुन् ।