काठमाडौं । पुष २५ गते
कांग्रेस बलियो हुँदा नेपालका कम्युनिस्ट पार्टीलाई कतैबाट घाटा नहुने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले बताउनु भएको छ । पाँचथरको फालेलुङ गउँपालिका केन्द्र थोक्लिम्बामा शनिबार आयोजित कार्यक्रममा बोल्दै महामन्त्री शर्माले दुब्लो,पातलो नै भएको अवस्थामा पनि कांग्रेसले पटक पटक अप्ठेरो परिस्थितिबाट मुक्ति दिलाएको बताउनु भएको थियो । कांग्रेस बलियो हुने छाँटकाँट देखिँदा कम्युनिस्ट पार्टीहरू आत्तिनु नपर्ने उहाँले तर्क गर्नु भएको थियो । युद्धमा होमिएको तत्कालीन नेकपा माओवादी कांग्रेसकै चाहना अनुसार हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको उल्लेख गर्नु भएको थियो ।
२०६४ सालको संविधानसभामा पहिलो दल बन्न सफल भयो, त्यसपछि पटकपटक कम्युनिस्ट नेतृत्वका सरकार बने । प्रायः सरकार आन्तरिक द्वन्द्वकै कारण टिकेनन् । महामन्त्री शर्माले २०७४ सालको आम निर्वाचनमा वाम गठाबन्धनका नामबाट चुनाव लड्दै दुईतिहाइ बहुमत पाएको सरकार पार्टीको अन्तरद्वन्द्वकै कारण नटिकेको र फलस्वरुप नेकपा स्वयं तीन टुक्रा भएको जिकिर गर्नु भएको थियो । त्यस्तो परिस्थितिमा कांग्रेसले उनीहरूको अन्तरद्वन्द्वलाई व्यवस्थापन गर्दै मुलुकलाई संकटबाट निकास दिन सरकारको नेतृत्व गर्नु परेको महामन्त्री शर्माको भनाई थियो ।
यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले जनताका आधारभुत आवस्यकता प्राथमिकतामा राखेर काम गरिरहेको महामन्त्री शर्माको दाबी थियो । तर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले महामारी नियन्त्रणमा पहल नै नगरे पनि देउवा नेतृत्वको सरकार गठनपछि कोरोना नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको पनि शर्माले बताउनु भएको थियो । उहाँले शर्माले प्रष्ट बोल्ने ओलीले बोले मात्रै काम केही नगरेको बताउनु भएको थियो ।