×

Nepali Community

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट १४० जनाभन्दा बढीको मृत्यु


काठमाडौं । पुष २५ गते
बन्दुकधारीको आक्रमणबाट नाइजेरियामा १४० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । लुटेराहरुको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको जनाइएको छ। स्थानीय एक नेताले लडाकू समूहले १४३ जनाको हत्या गरेको दाबी गरेका छन्।

सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिहरुले भने घटनाका बारेमा पुष्टि गर्न बाँकी रहेको समाचारमा जनाइएको छ। आक्रमणकारीले मोटरसाइकलमा आएर १० गाउँमा आक्रमण गरेका थिए । उनीहरुले घर–घरमा गएर गोली प्रहार गर्ने, लुटपाट गर्ने गरेको स्थानीयको भनाइ छ।


More

View All

News

Health

Sports