×

Nepali Community

हेर्नुहोस् आजको राशिफल


काठमाडौं । पुष २५ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसनुका साथै नियमित खर्चसमेत बढ्ने योग रहेको छ भने सहकर्मीबाट विरोध आउन सक्छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
महिला वा मित्रबाट विशेष सहयोग मिल्ने योग रहेको छ भने रोकिएका काम पुनः सुरु हुने तथा आर्थिक कारोबारमा सफलता पाइनुका साथै लाभदायक यात्रा होला ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउने योग रहेको छ भने प्रेम सम्बन्ध कसिलो हुने तथा नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज लाभदायक यात्रा हुने योग रहेको छ भने ठीक समयमा सही निर्णय लिन सकिने तथा राजनैतिक क्षेत्रमा सफलता मिल्नुका साथै शेयर बजारमा सफलता मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुने योग रहेको छ भने यात्रामा मालसामान हराउन सक्ने तथा सानो तिनो समस्यामा अल्झनुपर्ने र स्वास्थ्यमा खर्च बढ्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज घरमा अतिथिको आगमन हुने योग रहेको छ भने एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने तथा भूमिबाट लाभ रहनुका साथै साथीभाइले पनि सहयोग जुटाउनेछन् ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज जटिल ठानिएको कामसमेत सम्पादन हुने योग रहेको छ भने धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुनुका साथै घरमा अतिथिको आगमन हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज धार्मिक क्षेत्रको भ्रमण हुने योग रहेको छ भने आफन्तसँग भेटघाट हुने तथा साँझमा अधुरा काम बन्न सक्छ , तर नियमित खर्चसमेत बढ्ने योग पनि छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज शुभारम्भको चर्चा चल्ने योग रहेको छ भने नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने योग रहेको छ भने सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने तथा आँटेको काम पुरा हुनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज कुनै समाचारले मनमा शान्ति छाउनुका साथै कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्ने तथा तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज महत्त्वपूर्ण कामको थालनी हुने योग रहेको छ भने लक्ष्मी प्रसन्न हुने तथा परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनुका साथै सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्ने योग रहेको छ भने नयाँ काम सुरु गर्नुका साथै चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुने तथा भाग्यले विभिन्न अवसर जुराउनेछ ।


More

View All

News

Health

Sports