×

Nepali Community

५ दलीय गठबन्धन गरेर दाहालले अराजनीतिक रुपमा अपराधीपूर्ण काम गरेको टोपबहादुर रायमाझीको आरोप


काठमााडैं । पुष २३ गते
५ दलीय गठबन्धन गरेर पुष्पकमल दाहालले कम्युनिस्टको नाममा अराजनीतिक तथा राजनीतिक रुपमा अपराधीपूर्ण काम गरेको एमाले सचिव टोपबहादुर रायमाझीले आरोप लगाउनु भएको छ । उहाँले ओरालो लाग्दै गरेको माओवादी केन्द्र र त्यसका अध्यक्ष दाहाल कांग्रेसको पुच्छर भएर लागेको पनि आरोप लगाउनु भएको हो ।

एमाले अर्घाखाँचीको ८ औं जिल्ला अधिवेशनलाई उदघाट्न गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीले चुनावमा सूर्य र हसिया हथौडामा भोट मागेर अहिले दाहाल कांग्रेसको पुच्छर भएर लागेर ठूलो भुल गरेको बताउनु भएको थियो । उहाँले माओवादी केन्द्र र दाहाल अब मोहनविक्रम सिंह जस्तै हुन थालेको बताउनु भएको छ । माओवादी केन्द्रका जिल्ला नेता राजेन्द्र जिसी एमालेमा प्रवेश गरेपछि रायमाझीले अर्घाखाँची माओवादीका सयौं नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएर माओवादीलाई शून्यमा झारिने उहाँले चेतावनी दिनु भएको छ ।


More

View All

News

Health

Sports