×

Nepali Community

सहकारीमा व्याजदर बढाउने नभई यसको स्थापनाको उदेश्य अनुसार घटाउनु शशी श्रेष्ठको भनाई


काठमााडैं । पुष २३ गते
सहकारीमा व्याजदर बढाउने नभई यसको स्थापनाको मर्म भावना र उदेश्यअनुसार घटाउनु पर्नेमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जोड दिनु भएको छ । आज नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले सहकारीमा व्यजदर बडाउने नभई यसको स्थापनाको मर्म भावना र उदेश्यअनुसार घटाउनु पर्नेमा जोड दिनु भएको हो । मन्त्री श्रेष्ठले सन्दर्भ व्याजदरको कुरा गर्दा बैंकमा ब्याजदर बढ्दा सहकारीमा पनि बढने र तर घट्दा नघटने प्रवृति नेपालमा रहेको उल्लेख गर्नु भएको छ ।

सहकारीको मूल मर्म अनुसार जाने हो भने ब्याजदर घटाउनु पर्ने उहाँको भनाइ छ । सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने र सहकारी त्यही अनुसार चल्ने भएकाले सोही अनुसार मन्त्रालयले भिजन पेपर तयार पारीरहेको र केही दिन भित्रै उक्त भिजन पेपर सार्वजनिक गर्ने समेत मन्त्री श्रेष्ठले जानकारी दिनु भएको छ ।

मन्त्री श्रेष्ठले संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीहरुलाई सदस्य केन्द्रित भइ व्यवसायिक बनाउनु पर्नेमा दुईमत नरहेको पनि बताउनु भएको छ ।


More

View All

News

Health

Sports