काठमााडैं । पुष २२ गते
नेपालमा पछिल्लो पटक २४ जनामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। ओमिक्रोन संक्रमितमध्ये केही स्थानीयसमेत रहेको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.कृष्णप्रसाद पौडेलले बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले शुक्रबार एक विज्ञप्ति निकालेर पुस लागेयता संकलित ११४६ पोजेटिभ नमुनाहरूको एस जिन स्क्रिनिङ गर्दा उक्त संख्यामा ओमिक्रोन भेरियन्ट देखिएको पुष्टि गरेको छ।