काठमाडौं । पुष २३ गते
सुरक्षाकर्मीको गोलीले कजाकस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा दर्जनौं प्रदर्शनकारी मृत्यु भएको छ भने एक हजार प्रदर्शनकारी घाइते भएका छन् । सुरक्षाफौजले प्रशासनिक भवनहरूमा आक्रमण गर्ने प्रदर्शनकारीलाई रोक्ने क्रममा गरिएको कारबाहीमा दर्जनौं मारिएका पुष्टि गरेको छ । सुरक्षाकर्मीले सहरमा शान्ति फर्काउनका लागि दर्शनकारीहरूमाथि गोली चलाउन बाध्य भएको जनाएको छ ।
‘चरमपन्थी विद्रोहीहरूले प्रशासनिक भवनहरू, अल्माटी सहरको प्रहरी विभागका साथै स्थानीय प्रहरी चौकीमा आक्रमण थालेपछि गरिएको कारबाहीमा दर्जनौं आक्रमणकारी मारिएका छन्। प्रहरी प्रवक्ता सल्टनट अजिरबेकले भने । अजिरबेकले प्रदर्शनकारीको आक्रमणमा कम्तीमा १२ जना सुरक्षाकर्मी मारिएका र ३ सय ५३ जना घाइते भएका बताए ।
सरकारले एलपीजी ग्यासको मूल्य दोब्बर गरेपछि सुरु भएको विरोध प्रदर्शन हिंसात्मक बनेको हो । देशव्यापी रूपमा इन्टरनेट सेवा बन्द गरिएका कारण कजाखस्तानमा वास्तवमा के भइरहेको छ भन्ने प्रस्ट थाहा हुन नसकेको निगरानी समूहहरूले जनाएका छन् ।