काठमाडौं । पुष २३ गते
अमेरिकामा एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । अमेरिकाको फिलाडेल्फिया शहरको एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको ज्यान गएको हो । भवनमा २६ जना बस्दै आएका थिए । आगलागीका बेला भवनमा रहेका अरु आठ जनाले भागेर ज्यान जोगाएका छन् ।
आगलागीको समयमा बज्ने सङ्केत घडीले काम नगरेपछि आगो निभाउन ढिलाइ भएको उद्धारकर्मीले जनाएका समाचार संस्था एपीले जनाएको छ । विद्युत् सर्ट भइ आगलागी भएकोे हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भवनको धेरैजसो भागमा क्षति भएको छ ।