×

Nepali Community

गैरआवासीय नेपाली संघको ८१ औं बैठक आगामी साता बस्दै


काठमाडौं । पुष २३ गते
आगामी साता गैरआवासीय नेपाली संघ (एनआरएनएं) को ८१ औं बैठक बस्ने भएको छ ।संघका महासचिव डा हेमराज शर्माका अनुसार सो बैठक जनवरी १५ का दिन नेपालको समय अनुसार दिउँसो दुई बजे बस्ने गरि डाकिएको हो ।

बैठकमा आगामी दशौं महाधिवेशन र संघको निर्वाचन प्रमुख एजेण्डा लगायतका विषयमा छलफल हुनेछ । संघको महाधिवेशनमा प्रतिनिधि छनौटको विषय प्रमुख रुपमा विवादित हुँदा निर्वाचन र महाधिवेशन लामोसमयदेखि रोकिएको छ ।

केन्द्रीय समितिको बैठक अगावै निर्वाचन सम्बन्धी तालिका प्रकाशन गर्ने तयारी गरिएको छ । महाधिवेशन प्रतिनिधि विवाद सल्टाउन अध्यक्षका प्रत्यासी डा. बद्री केसी, रविना थापा र कुल आचार्यबीच पटकपटक औपचारिक र अनौपचारिक बैठक भएका छन् ।

 


More

View All

News

Health

Sports