काठमाडौं । पुष २३ गते
संसद्को अवरोध हटाउनका लागि राजनीतिक दलका बीचमा सहमतिको विन्दु खोज्नुपर्ने सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले बताउनु भएको थियो । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका नेता तथा उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पौडेलले संसद्को अवरोध हटाउका लागि सहमतिको विन्दु खोजी गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले समितिको बैठकमा आफूले संसद् र अदालतको अवरोध हटाउनका लागि सहमति र सम्झौताको विन्दु खोज्नुपर्ने कुरा राखेको पनि जानकारी दिनुभयो । उहाँले सबै गतिरोध हटाएर देशलाई गति दिनुपर्ने बताउनु भएको थियो । संयोजक पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले गतिरोध अन्त्य गरी समाधान निकाल्नका निम्ति अग्रसरता देखाउनुपर्नेमा आफूले जोड दिएको पनि बताउनुभयो । त्यस्तैसत्तारुढ दल गठबन्धनका शीर्ष नेताको बैठकले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवासमा बसेको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव वेदुराम भुसालका अनुसार राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । ‘सत्ता गठबन्धनमा सहभागी पाँच दलीय गठबन्धनलाई राष्ट्रियसभा निर्वाचनमा प्रभावकारी बनाउने निर्णय भएको छ ।