×

Nepali Community

विद्युत्मा आधारित मल कारखाना निर्माणका लागि गृहकार्य भइरहेको कृषि मन्त्री यादवको भनाई


काठमाडौं । पुष २३ गते
विद्युत्मा आधारित मल कारखाना निर्माणका लागि गृहकार्य भइरहेको कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले जानकारी दिनु भएको छ । उहाँले विद्युत्मा नै आधारित फ्याक्ट्री निर्माणका लागि जर्मनीसँग छलफल भइरहेको जानकारी दिँदै यस कार्यका लागि जर्मनी र थाइल्याण्डका कम्पनी इच्छुक रहेको बताउनु भएको छ ।

मन्त्री यादवले एक लाख मेट्रिकटन युरिया, दुई लाख मेट्रिकटन डिएपी र आठ लाख मेट्रिकटन पोटासिएम मलको आवश्यकता हुने बताउँदै मुलुकमा हुने मल अभावको समस्या समाधान गर्न विद्युत्मा नै आधारित मल कारखाना आवश्यक रहेको प्रष्ट पार्नु भएको छ ।

उहाँले मुलुकमा मल कारखाना स्थापनाका लागि अहिले पनि लगानी बोर्डमा प्रस्ताव दर्ता भएको जानकारी दिँदै उनले करिब एक खर्ब २५ अर्ब लागत लाग्ने अनुमान गरिएको बताउनु भयो ।


More

View All

News

Health

Sports