काठमाडौं । पुष २३ गते
आफूले पार्टी नफुटाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले दाबी गर्नु भएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै थापाले विचार नमिले पार्टीबाट कुनै दिन नैतिक आधारमा अलग हुन सक्ने भएपनि राप्रपा कदापी नफुटाउने दाबी गर्नु भएको छ ।
उहाँले आफू निरंशुक र सक्रिय राजनीतिको पक्षमा नभएको भन्दै राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीतिक भन्दा भाथी बस्न नचाहेको स्पष्ट संकेत मिलेको बताउनु भएको छ ।
पूर्व अध्यक्ष थापाले विगतमा आफूले राजसंस्थाको एजेण्ड बोक्दा प्रतिगामी, पुनरोत्थानवादी र ‘सिनो’ बोकेर हिँडेको भन्दै गाली गर्नेहरुले नै अहिले आफूले राजा राजनीति भन्दा माथि रहनुपर्छ भन्दा आफ्नो खेदो खनिरहेको आरोप लगाउनु भएको छ ।