×

Nepali Community

नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण नै श्रम निर्यात हो –अर्थमन्त्री जनार्दन शर्मा


काठमाडौं । पुष २३ गते
नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण नै श्रम निर्यात रहेको अर्थमन्त्री जनार्दन शर्माले बताउनु भएको छ । बिहीबार नेपाल निर्यात परिषद् (इकोन) को २४ औं साधारणसभा तथा छैठौँ निर्यात दिवसको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनु भएको हो ।

उहाँले नेपालबाट ठूलो श्रमशक्ति विदेश गइरहेको र त्यसले नेपालको उत्पादनमा असर गरेको भन्दै त्यो श्रमशक्तिलाई रोक्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनु भएको थियो । मन्त्री शर्माले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी श्रृष्टि गर्नु नै समस्याको समाधान रहेको तर्क गर्नु भएको थियो । ‘विभिन्न वस्तुहरूको पहिचान गरी कतिपय वस्तु आत्मनिर्भर र केही वस्तु निर्यातका लागि उत्पादन गर्नुपर्ने मन्त्री शर्माका भनाइ थियो ।

मन्त्री शर्माले त्यसका लागि सरकार र निजी क्षेत्रले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनु भएको थियो । मन्त्री शर्माले नीतिगत, संरचनागत, व्यवहारिक र व्यवसायिक क्षेत्रमा हातेमालो गर्नुपर्ने समेत बताउनु भएको थियो ।


More

View All

News

Health

Sports