×

Nepali Community

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ७७ वटै जिल्ला अधिवेशन आज हुँदै


काठमाडौं । पुष २३ गते
आज नेपाल कम्युनिस्ट पार्टी (एमाले) ७७ वटै जिल्ला अधिवेशन हुँदै छ । अधिवेशन उद्घाटन भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट गर्ने कार्यक्रम रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनु भएको छ ।

आज बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन कार्यक्रम छ । केही हिमाली जिल्लाबाहेक सबैको अधिवेशन आजै हुनेछन् ।वातावरणीय प्रभावका कारण हिमाली केही जिल्लामा पछि अधिवेशन हुनसक्ने उपप्रमुख रिजाल बताउँछन् ।

एमाले १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ हुन लागेको हो । प्रदेश अधिवेशन आगामी ८ माघमा हुने तय भएको छ । यसैबीच, एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड ७७ वटै जिल्लामा ‘सर्कुलर’ गरेको छ ।


More

View All

News

Health

Sports