×

Nepali Community

दोस्रो टेस्ट क्रिकेटमा भारतमाथि दक्षिण अफ्रिका विजयी


काठमाडौं । पुष २३ गते
दक्षिण अफ्रिका भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा ७ विकेटले विजयी भएको छ ।जोहानेसबर्गमा दोस्रो टेस्टको पाँचौं दिनको खेल सकिन ६.२ ओभर बाँकी रहेका बेला भारतले दिएको २४० रनको लक्ष्य दक्षिण अफ्रिकाले ३ विकेट गुमाएर पुरा गरेको हो ।

दक्षिण अफ्रिकालाई जिताउनका लागि डेन इल्गरले ९६ रनको नटआउट पारि खेल्दा रसे भान डेर डुसेन ४१ रनमा पभेलियन फर्किएका थिए । यसैगरी एडन मार्करमले ३१ रनको योगदान गरेका थिए । टस जितेर पहिला ब्याटिङ गरेको भारतले २०२ रन बनाएको थियो । दक्षिण अफ्रिकाले २२९ रन बनाएको थियो ।

पहिलो पारिमा २७ रनले पछि परेको भारतले दोस्रो पारिमा २६६ रन बनाएको थियो ।मग्रमा २३९ रन भारतले बनाएपछि दक्षिण अफ्रिकाले २४० रनको लक्ष्य पाएको थियो । भारतका लागि मोहम्मद सामी, रविचन्द्र आश्विन र सार्दुल ठाकुरले समान एक एक विकेट लिएका थिए ।यो जितपछि सिरिज १–१ को बराबरीमा आएको छ ।


More

View All

News

Health

Sports