काठमाडौं । पुष २३ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज दाम्पत्य जीवन सुखमय हुने योग रहेको छ भने वैदेशिक कार्य अघि बढ्ने तथा यात्रामा सावधानी अपनाउनु पर्नेछ र विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने नयाँ सवारी साधन प्राप्ति हुनुका साथै सामाजिक कार्यमा सफलता मिल्ने तथा विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज धार्मिक कार्य सफल नै रहनुका साथै प्रेम सम्बन्ध कसिलो हुने तथा महिला वा मित्रबाट विशेष सहयोग मिल्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्ला ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज राजनैतिक कार्यमा बाधा आउने र स्वास्थ्यमा समस्या आउने योग रहेको छ भने फलदायी यात्रा पनि नहोला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज आँटेको र ताकेको कार्य पुरा हुने योग रहेको छ भने ठीक समयमा सही निर्णय लिन सकिने तथा बोलीको प्रभाव पनि बढ्नुका साथै भकार्यको चर्चा चल्नेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज मङ्गल कार्यको योग रहेको छ भने आर्थिक क्षेत्र राम्रै रहनुका साथै आतिथ्यपूर्ण सम्मान पाइने तथा प्राविधिक र वैदेशिक क्षेत्रको काममा सफलता मिल्नेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज अधुरो काम पूरा हुनुका साथै पारिवारिक सुखले प्रफुल्लित भइने तथा व्यवसायका लागि यात्राको योग रहेको छ भने कृषि कार्य पनि राम्ररी अघि बढ्नेछ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज नयाँ कमको थालनी हुने योग रहेको छ भने धार्मिक यात्राको योग छ र अचल सम्पत्ति हात पर्ने तथा सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज प्रेम र मित्रताको बन्धन कसिने योग रहेको छ भने नयाँ कार्यको योजना बन्ने तथा कार्य सम्पादनमा सहजता मिल्नुका साथै दिनको उत्तरार्ध सुखद् रहनेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज कुनै समाचारले मनमा शान्ति छाउनुका साथै बौद्धिक काममा सफलता मिल्ने र मन प्रसन्न रहने योग रहेको छ भने लाभदायक र सफल यात्रा पनि हुनेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिने तथा जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने योग रहेको छ भने महत्त्वपूर्ण अवसर गुम्ने तथा सामान हराउने योग छ, तर विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ ।