×

Nepali Community

शिक्षकको काम पढाउने भएकाले विद्यालयसमयमा अन्यक्रियाकलापमा नलाग्न शिक्षा पौडेलको आग्रह


काठमाडौं । पुष २२गते
विद्यालय समयमा अतिरिक्त क्रियाकलाप नगर्न शिक्षकहरुलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आग्रह गर्नुभएको छ । बागलुङ नगरपालिका–१४ मा रहेको गणेश माध्यमिक विद्यालयको ४१औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । शिक्षा पौडेलले ‘शिक्षकको काम पढाउने भएकाले विद्यालयसमयमा अन्यक्रियाकलापमा नलाग्न आग्रह गर्नुभयो ।‘अभिभावकको सहयोग, शिक्षकको लगनशीलता र विद्याथीको सक्रियता भयो भने मात्र शिक्षामा सुधार हुने शिक्षा पौडेलको भनाइ थियो ।

शिक्षा मन्त्रालयको कार्यभार सम्हालेपछि विद्यालयमा शिक्षकको अभावकका कुरालाई मध्यनजर गर्दै शिक्षा नियमावलीको ११औं संशोधन मन्त्रिपरिषद्बाट गराएर विज्ञापन खुलाउन सफल भएको उहाँले बताउनुभएको थियो ।विद्यार्थीलाई किताबी ज्ञानले मात्र नहुने भन्दै शिक्षकहरुलाई अहिलेको प्रविधिसँग अपडेट हुन पनि मन्त्री पौडेलले आग्रह गर्नुभएको थियो ।

राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमलाई थप व्यवस्थित गर्दै तीन वर्षभित्र देशभर विद्यालयका भवन बनाउने लक्ष्य मन्त्रालयको भएको बताउँदै उहाँले प्राविधिक शिक्षामा मन्त्रालयको जोड रहेको उल्लेख गर्नुभयो । ‘


More

View All

News

Health

Sports