काठमाडौं । पुष २२ गते
मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले बुधबार बेलुकादेखि सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा लुम्बिनी प्रदेशमा हल्का वर्षा भइरहेको जनाएको छ । बागमती प्रदेशमा सामान्य वर्षा भइरहेको महाशाखाले जनाएको छ । अहिले सुदूपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ ।
बागमती प्रदेशका धेरैजसो स्थानमा बादल लागिरहेको छ। देशका बाँकी स्थानमा मौसम आंशिकदेखि सामान्यसम्म बदली रहेको छ । आज आज देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
आज राति साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। अनि देशका पहाडी तथा तराइका थोरै स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने सम्भावना छ।