काठमाडौं । पुष २२ गते
आज अखिल नेपाल फुटबल संघ (एन्फा) को १५ औं कार्यसमिति बैठक बस्दैछ । एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमिति बैठक डाकेको हो । बैठक अपरान्ह १२.३० बजेपछि सुरु हुनेछ ।बैठकमा विभिन्न १९ एजेण्डामा छलफल हुने बताईएको छ ।
बैठकमा नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई पुरस्कृत गर्ने, राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल संचालन गर्ने, सहिद स्मारकए बी र सी डिभिजन लिग, महिला राष्ट्रिय लिग,विभिन्न समिति तथा उप–समितिहरुको गठन तथा पनर्गठन, आर्थिक तथा कर्मचारी नियमावली संशोधन, राष्ट्रिय टिम बिदेश भ्रमणमा जांदाको पेश्की सम्बन्धमा र खेलाडीहरु तथा टिममा सहभागी प्रशिक्षक एवम अफिशियलहरुको सेवा सुविधा, फिफाद्धारा प्रदान गरीएका आर्थिक निर्देशन तथा अनुसन्धानको सुझावहरु, जिल्ला, प्रदेश, एन्फा प्रेसिडेन्ट कप तथा राष्ट्रिय लिगबारे, संघको नियमित साधारण, निर्वाचन निर्देशिका लगायतका विषयमा छलफल हुनेछ ।