काठमाडौं । पुष २२ गते
चेल्सीले काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जित निकालेको छ ।बुधबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई २–० गोल अन्तरले हराएको हो ।चेल्सीको मैदानमा पाँचौं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ३४ औं मिनेटमा टोटेनहमका बेन डेभिसले आत्मघाती गोल गरेपछि चेल्सी २–० ले विजयी भयो । जितसँगै चेल्सीले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।टोटेनहमलाई भने दोस्रो लेगमा उत्कृष्ट पुनरागमनको आवश्यकता भएको छ ।दोस्रो लेग जनवरी १३ मा हुनेछ ।