×

Nepali Community

स्वास्यका लागि गुर्जो खानुका फाईदाहरु


काठमाडौं । पुष २२ गते
नेपाल प्राकृतिक सा्रेतको धनि देश हो । नेपाल हरिया बनजङ्गल ,लहरा,पहराले भरिपुर्ण पहाड, नदि,नाला झर्ना र मनै लोभ्याउँने सेताम्मे हिमालले भरिएको देश हो । नेपालमा हाल करीब ११८ किसिमका पारिस्थितिकीय प्रणालीहरु रहेको अनुमान गरिएको छ । यस किसिमको विविधताभित्र करीव ५ हजार ८८४ प्रजातिका फूल फुल्ने र अन्य फूल नफुल्ने गरी जम्मा १० हजार ९१ प्रजातिहरु
सूचीकृत भैसकेका छन्।

यी मध्ये करिव ७ सय जति प्रजातिहरुको औषधीय महत्व पत्ता लागेको छ । औषधीय महत्व रहेको भनिएका २३८ किसिमका वानस्पतिक प्रजातिहरुको रासायनिक परीक्षण समेत भैसकेको जडीबुटी एवं गैरकाष्ठ वन पैदावार विकास नीति, २०६१ मा उल्लेख गरिएको छ । यसै भित्र पर्ने एक प्रकारको औषधीय गुण भएको जडिबुटी हो गुर्जो । गाउँघरमा सजिलै पाईने गुर्जोका अनेकौ फाईदाहरु रहेका छन् । नेपालको धेरै ठाउँमा पाइने लहरे जडिबुटी गुर्जो यो एउटा आयुर्वेदिक औषधि पनि हो। यसलाई सहि तरिकाले प्रयोग गरेर खाए अमृत समान काम गर्दछ भनिन्छ । यसको लहरा लामो समय सम्म नसुक्ने हुन्छ । यसको सहि प्रयोग गरि मात्रा मिलाएर खान नसक्दा शरीरलाई बेफाईदा गर्छ ।

कसरी खाने गुर्जो
गुर्जोको लहरा १० देखि ३० ग्राम सिलौटो, खल वा मिक्स्चरमा पिसेर पानी राखी उमाल्ने आवश्यकता अनुसार अन्य जडिबुटी तथा मसला पनि संगै उमाली रस छान्ने । त्यसपछि १ चम्चा मह वा मिश्री मिलाएर नियमित विहान पिउने । सामान्य अवस्थाको रोगी वा निरोगी व्यक्तिले तल दिइएको विभि अनुसार गुर्जोको सेवन गर्न सकिन्छ । तर व्यक्तिको उमेर र रोगको अवस्था अनुसार फरक मात्रा र विधिबाट प्रयोग गर्नुपर्दछ । अनुभवी वैद्य वा आयुर्वेदिक डाक्टारको सल्लाह अनुसार प्रयोग गर्नाले पूर्ण रुपमा लाभ पाउन सकिन्छ । टुक्रा बनाएर सुपारी जस्तै चपाउँदै खान पनि सकिन्छ ।बेलुकी पिसेर पानि मिलाएर राख्दा विहान भाँडोको पिंधमा सेतो मिश्रीको धुलो जस्तो सेतो गिलोय सत‌ जमेको हुन्छ । त्यस सतलाई मात्र खाए पनि हुन्छ । हप्तामा १—२ पटक मात्र गुर्जोको जु्स पिउन सकेमा पनि धेरै लाभ मिल्दछ । सुकेको गुर्जोको धुलो ४ देखि १० ग्राम १ चम्चा मह वा मिश्री तातो पानीमा मिलाएर विहान बेलुका सेवन गर्ने । गर्भवती , दुधपान गराइरहेका आमा , ५ बर्ष मुनिका बच्चा , पखाला लागेका विरामीले प्रयोग गर्नु हुँदैन ।चिसो लागेको र संवेदनसिल तथा कमजोर ९जीर्ण० अवस्थाका विरामीले उमालेर छानेर सेवन गर्नु पर्दछ।प्रेसर लो छ भने हरियो बोक्रा फालेर मह , मिश्री , सखर वा विरेनुन मिलाएर आधा मात्रा खाने ।

गुर्जोको सेवन गर्नुका फाईदाहरु
गुर्जो इम्युन पावर बढाउन अत्यन्तै उपयोगी छ । त्यसैले गुर्जोले कोरोना, स्वाइन फ्लु, वर्ड फ्लु, डेंगु , भाइरस, जिवाणु किटाणु तथा विषाणुहरुलाई समेत रोक्ने साथै लड्ने क्षमता बढाउँदछ ।
किड्नीको दुर्बलता तथा फोहोर विकारलाई हटाएर पिसाब सम्बन्धि सम्पुर्ण समस्या÷रोग हरुमा धेरै लाभ पुऱ्याउँदछ ।
गुर्जो शितल गुण भएकोले यसले गर्मीबाट टाउको दुखेको, आँखा, पिसाब, पैताला, हात९ खुट्टा तथा जीउ पोलेको र पुरानो ज्वरोलाई अत्यन्तै उपयोगी छ ।
युरिक एसिड तथा वाथ र जोर्नी दुखाइको समस्याहरुमा गुर्जो लाभकारी छ ।
गुर्जोले इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा लाभ पुऱ्याउँदछ ।
गुर्जो सबै किसीमका रोगी र निरोगीले पनि प्रयोग गर्न सकिने जडिबुटी खुराक पनि हो। ।
रक्तविकार रगतको फोहोर खराबी हटाउँदछ साथै रक्तअल्पता रगतको कमी हुन दिदैन् ।
अम्लपित्त –अमिलो पानी मुखमा आउने र पेट पोल्ने उल्टी आउने बिरामीलाई निकै उपयोगी छ ।
टि।बी। ९क्षयरोग०का किटाणुहरुलाई समेत गुर्जोले रोक्ने काम गर्दछ ।
१०। यसले जन्डिस, कलेजोको कमजोरी र विकारलाई हटाउँदछ ।
११।उच्च रक्तचापको रोगीलाई पनि यसले धेरै फाइदा पुऱ्याउँदछ ।
१२।गुर्जोको प्रयोगले मुटुलाई बलियो बनाई मुटु सम्बन्धि रोगमा फाइदा गर्दछ ।


More

View All

News

Health

Sports