×

Nepali Community

कस्तो रहला तपाईको दिन ?


काठमाडौं । पुष २२ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज कुनै समाचार सुन्नाले मनमा शान्ति छाउने योग रहेको छ भने आम्दानी बढाउने काम सुचारू गर्न सकिने तथा राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनुका साथै व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने योग रहेको छ भने धार्मिक यात्राको योग पनि रहेको छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज सहयोगी हातहरू अघि बढ्ने योग रहेको छ भने आफन्तको प्रगतिमा मन रमाउने तथा व्यापार व्यवसायमा फाइदा हुनुका साथै पुनर्मिलनको योग पनि रहेको छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ने योग रहेको छ भने बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्नुका साथै योजना गोप्य राखेर अघि बढ्नुहोला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज धार्मिक र मनोरञ्जनात्मक क्षेत्रमा भ्रमण हुने योग रहेको छ भने दाजुभाइ वा नजिकका मित्रले सकेको सहयोग र सद्भाव प्रदान पनि गर्नेछन् ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज जोशजाँगर र हिम्मत बढ्ने योग रहेको छ भने धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने तथा बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मङ्गल कार्यको योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुनुका साथै पारिवारिक सद्भाव बढ्ने तथा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज धर्म कर्म र सामाजिक कार्यमा मन जाने योग रहेको छ भने वैदेशिक कार्यमा सफलता मिल्ने तथा आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज शुभ समाचार सुन्न पाइने तथा मित्रबाट विशेष सहयोग मिल्ने योग रहेको छ भने बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज इच्छा र आकाङ्क्षा पूर्ण हुनुका साथै धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज अतिथिको रूपमा सत्कार पाइनुका साथै रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुने योग रहेको छ भने आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुने योग रहेको छ भने आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ने तथा शैक्षिक क्षेत्रपनि कमजोर रहने देखिन्छ ।


More

View All

News

Health

Sports