काठमाडौं । पुष २१ गते
दलहरुले सामाजिक एकता कायम गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताउनु भएको छ । उहाँले देशको शासन सञ्चालन गरिरहेका प्रमुख राजनीतिक दलहरुले राजनीतिप्रति जनताको आकर्षण बढाउन थप जिम्मेवार बन्नुपर्ने उहाँको भनाई छ ।
महामन्त्री शर्माले झापाको कनकाईमा प्रजातान्त्रिक आन्दोलनका अगुवा तुर्सा हेमरमको २४औँ स्मृति दिवसका अवसरमा आयोजित स्मृतिसभामा मुलुकको समृद्धिका लागि शासन व्यवस्था स्थिर हुनुपर्ने उल्लेख गर्दै विचार अलग भए पनि उद्देश्य एउटै बनाएर साझा सहमतिमा अघि बढ्न सकेमा कसैले निराश बन्नु नपर्ने धारणा राख्नु भएको थियो ।
उहाँले सबैकोे भावना एक बनाएर देशलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्नेतर्फ जोड दिँदै पिछडिएका समुदायलाई माथि उठाउने काममा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने जिकिर गर्नु भएको थियो ।