×

Nepali Community

जनपयोगी काम गरेकाले एमालेमा जनलहर बढेको प्रदीपकुमार ज्ञवालीको दाबी


काठमाडौं । पुष २१ गते
नेकपा एमालेको सरकारलाई पूरा समय टिक्न नदिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल गोटी बनेको नेकपा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ । उहाँले नेकपा एमाले छत्रकोट गुल्मीले खज्र्याङमा आयोजना गरेको कार्यक्रममा उहाँले विकृति र अस्थिरता चाहने शक्तिका लागि प्रचण्ड–नेपाल गोटी बनेको आरोप लगाउनु भएको हो ।

ज्ञवालीले वर्तमान परमादेशको सरकार र गठबन्धनका नेताको अहिलेको काम एमाले र केपी ओलीलाई गाली गर्ने मात्र भएको बताउनुभयो ।नेकपा एमाले सरकारमा नहुँदा पनि जनपयोगी काम गरेकाले एमालेमा जनलहर बढेको दाबी गदै राष्ट्रियता र जनजीविकाका लागि सरकारमा रहँदा पनि नरहँदा पनि आफ्नो अभियानमा जुटिरहेको पूर्वमन्त्री ज्ञवालीले बताउनु भएको छ ।

उहाँले एमालेले नेतृत्व गरेको सरकारले इतिहासमै राज्यका स्रोत साधनको दुरुपयोग नगरेको उल्लेख गर्दै उहाँले वर्तमान गठबन्धनको सरकारले दिन प्रतिदिन जनघाती कार्य गरेको आरोप लगाउनुभएको छ ।


More

View All

News

Health

Sports