काठमाडौं । पुष २१ गते
कोरोना विरुद्धको खोप नलगाएका नागरिकको जीवन कष्टकर बनाउने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले चेतावनी दिनुभएको छ । फ्रान्समा कोरोनाविरुद्धको खोप लगाउनेहरु घट्दै गएपछि राष्ट्रपति म्याक्रोले खोप नलगाउनेहरुलाई सरकारले झण्झट दिने र सार्वजनिक जीवनको धेरैजसो क्रियाकलापमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।
खोप नलगाउनेहरुलाई कडा कारबाहीको प्रावधान समेटिएको एउटा विधेयक संसदबाट पारित नभएपछि आक्रोसित बन्नुभएका राष्ट्रपति म्याक्रोले अब सरकारले बल गरेर खोप नलगाउने तर खोपबाट भाग्नेहरुले धेरै सुविधाबाट बञ्चित हुनुपर्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ ।
खोप नलगाउनेहरुलाई रेष्टुरेन्ट, सिनेमा हल, सरकारी कार्यालय लगायतका ठाउँमा प्रवेश निषेध गर्ने भन्दै राष्ट्रपति म्याक्रोले खोप लिन नमान्नेलाई आफूले घृणा गर्ने बताउनुभएको छ । तर विपक्षीहरूले भने म्याक्रोले प्रयोग गरेको भाषा राष्ट्रपतिका लागि योग्य नभएको बताएका छन् ।