काठमाडौं । पुष २१ गते
प्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधानका लागि सरकार कटिबद्ध रहेको बताउनु भएको छ ।धरान दिवस २०७८ का अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रतिष्ठानको सुधारका लागि आफू प्रतिवद्ध रहेको बताउनु भएको हो ।
प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले पर्यटकीय नगरी धरानलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन सरकार तयार रहेको जिकिर गर्नु भएको थियो । धरानको हात्तीसारस्थित केन्द्रीय प्रविधि क्याम्पस, पूर्वाञ्चल इन्जिनियर क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस र पिण्डेश्वर विद्या पीठको सुधार र संरक्षणको पक्षमा रहेको प्रधानमन्त्री देउवाले उल्लेख गर्नु भएको थियो ।