×

Nepali Community

नारायणहिटीभित्र कफी हाउस सञ्चालन अनुमतिको निर्णय आफ्नो पालामा नभएको योगेशकुमार भट्टराईको जिकिर


काठमाडौं । पुष २१ गते
नारायणहिटी दरबार सङ्ग्रहालयभित्र कफी हाउस सञ्चालन अनुमतिको निर्णय आफ्नो पालामा नभएको तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले बताउनु भएको छ ।

नेकपा एकीकृत समाजवादीका नेताकार्यकर्तासहितले भट्टराईको पालामा उक्त निर्णय भएको आरोप लगाएका थिए। जवाफमा उहाँले सामाजिक सञ्जालमार्फत आफू पर्यटनमन्त्री हुनुभन्दा पहिले नै दरबार सङ्ग्रहालयभित्र कफी हाउसको पूर्वाधार बनिसकेको स्पष्टीकरण दिनु भएको छ ।

भट्टराईले सामाजिक सञ्जालमार्फत लेख्नु भएको छ , ‘नारायणहिटी दरबार सङ्ग्रहालयबारे सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। त्यस सम्बन्धी कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु।’


More

View All

News

Health

Sports