×

Nepali Community

टेस्ट क्रिकेटमा न्युजिल्याण्डमाथि बंगलादेशको सानदार जित


काठमाडौं । पुष २१ गते
बंगलादेशले टेस्ट क्रिकेटमा पहिलोपटक न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै शानदार जित हाँसिल गरेको छ । घरेलु टोली न्युजिल्याण्डले दिएको ४० रनको लक्ष्य बंगलादेशले २ विकेट गुमाउँदै पूरा गरेको हो। यसअघि पहिलो इनिङमा न्युजिल्याण्डले ३२८ रन बनाएको थियो।

उसका लागि डेभन कन्वेले सतकीय पारी खेलेका थिए। २२७ बल खेलेका उनले १६ चौका र १ छक्कासहित १२२ रन बनाएका थिए।यस्तै हेनरी निकोलसले ७५ रन बनाउँदा विल योङले ५२ रन जोडेका थिए।

बंगलादेशका लागि शोरिफुल स्लाम र मेहदी हसन मिराजले ३–३ विकेट लिएका थिए।जवाफमा बंगलादेशले ४५८ रन बनाएर अग्रता लिएको थियो। न्युजिल्याण्ड र बंगलादेशबीचको दोस्रो टेस्ट आइतबार सुरू हुनेछ।


More

View All

News

Health

Sports