×

Nepali Community

हेर्नुहोस् आजको राशिफल


काठमाडौं । पुष २१ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज रमणीय र सुखद् यात्राको योग रहेको छ भने विपरीत वर्ग प्रति आकर्षण बढ्ने तथा कामका विभिन्न अवसर फेला पर्नुका साथै शेयर बजारमा पनि राम्रै हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज पुरानो समस्या सुल्झाउन सकिने योग रहेको छ भने शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्ने तथा मनमा उत्साह छाउने र बोली बिक्ने समय पनि छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज कार्यमा बाधा आउने योग रहेको छ भने सरकारी निकायको भय रहनुका साथै अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज नयाँ जिम्मेवारी पाइनुका साथै घरमा अतिथिको आगमन हुने योग रहेको छ भने साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने तथा शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मन मिल्ने साथीको सहयोग मिल्ने योग रहेको छ भने जटिल ठानिएको कार्य सम्पादन हुने तथा आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज शुभकार्यको योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नुका साथै दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै वैदेशिक कार्य अघि बढ्ने तथा काम गर्ने जोशजाँगर र उमंग बढ्नुका साथै पुँजी बजारमा पनि राम्रै हुनेछ ।

बृश्चिक
वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग पनि छ ।

धनु
धनु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्नसक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मकर
मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पाइने र स्वादिष्ट भोजन पनि मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज सन्तान टाढिने योग रहेको छ भने वैदेशिक क्षेत्र कमजोर रहने तथा कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुने तथा आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।


More

View All

News

Health

Sports