×

Nepali Community

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित


काठमाडौं । पुष २० गते
इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड वुल्भरहाम्टन वान्डरससँग १–० गोल अन्तरले पराजित भएको छ ।

वुल्भ्सका लागि ८२ औँ मिनेटमा जोआओ माउन्टिहोले गरेको गोल नै निर्णायक बन्यो । वुल्भ्सले सन् १९८० यता पहिलोपटक म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा पराजित गरेको हो ।

यो जितसँगै १९ खेलबाट २८ अंक जोडेको वुल्भ्स आठौँ स्थानमा उक्लिएको छ । पराजित युनाइटेड ३१ अंकसहित सातौँ स्थानमा छ ।


More

View All

News

Health

Sports