×

Nepali Community

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । पुष २० गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज भाग्यमा वृद्धि हुने तथा सन्तान सुखको योग रहेको छ भने नयाँ र शुभ समाचार सुन्न पाइनुका साथै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने योग रहेको छ भने वैदेशिक क्षेत्रबाट राम्रो हुने र व्यापार र व्यवसाय फस्टाउने तथा पारिवारिक सद्भाव पनि बढ्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ने योग रहेको छ भने अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ने तथा शत्रुपक्ष हावी पनि हुन सक्छन् ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज सरुवा र बडुवालको योग रहेको छ भने नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नुका साथै रोकिएको धन हातलागी हुनसक्छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज कतै घुम्न जाने योजना बन्नुका साथै प्राविधिक काममा सफलता मिल्ने तथा जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज अकस्मात् सफलता पाईन सक्छ, तर अपमानको सम्भावना पनि रहने योग रहेको छ भने दैनिक कार्यहरूमा प्रगति हुनुका साथै शैक्षिक क्षेत्र पनि राम्रै रहला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज नयाँ नयाँ कार्यको अवसर मिल्ने योग रहेको छ भने धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने तथा अनावश्यक खर्चबाट बच्न सकिन्छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाइभाइ वा मित्रबाट विशेष सहयोग मिल्न सक्छ । शेयर बजारबाट पनि लाभ मिल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि र मन प्रसन्न पनि रहला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज वचन दिँदा विचार गरेर बोल्नु पर्ने योग रहेको छ भने गरेको काममा ढिलासुस्ती हुनेछ । चोटपटकको भय पनि रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज ठूला व्यक्तिले तपाईँका मेहनतको प्रसङ्ग गर्ने योग रहेको छ भने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा भने ह्रास आउन सक्छ ।


More

View All

News

Health

Sports