×

Nepali Community

पहिरोमा परेर दक्षिण पश्चिमी चीनको गोन्जाओ प्रान्तमा पाँच जनाको मृत्यु, ९ जना बेपत्ता


काठमाडौं । पुष २० गते
पहिरोमा परेर दक्षिण पश्चिमी चीनको गोन्जाओ प्रान्तमा रहेको बिजाईमा पाँच जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन् । पहिरोमा परी निर्माण क्षेत्रमा काम गर्ने ९ जना मानिस बेपत्ता भएको स्थानीय अधिकारीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ।स्थानीय समय अनुसार सोमबार साँझ ७ बजे पहिरो गएको हो।

आज बिहानसम्म ८ जना मानिसको उद्दार गरिएको छ। तीमध्ये तीन जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ। उनीहरुको अवस्था स्थिर रहेको छ। निकालिएका ५ जनाको मृत्यु पुष्टि भएको छ।सात सय २० जना आपतकालीन उद्धार कर्मचारी पहिरो पन्छाएर मानिसको उद्धारका लागि खटेका छन्।


More

View All

News

Health

Sports